• Punjibad
  • शनिवारकाे माैसमः यी स्थानमा भारी वर्षा हुने


    २०७९ साउन ७ गते (शनिबार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर (normal position) स्थानको आसपास अवस्थित रहेको छ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका एक वा दुई स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसोः देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


    क्याटेगोरी : Lifestyle

    प्रतिक्रिया दिनुहोस