• Punjibad
  • आज यी स्थानमा भारी वर्षा हुने


    २०७९ असार १२ गते (आईतबार) हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली र बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आईतबार दिउँसो:  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आईतबार राती : देशभरसामान्य देखि पुर्ण बदली रहनेछ ।देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


    क्याटेगोरी : Lifestyle

    प्रतिक्रिया दिनुहोस