देशभर मनसुनी वायुको प्रभाव,शुक्रबार कुन कुन स्थानमा पानी पर्ला? हेर्नुहाेस्
२०७९ असार १७ गते शुक्रबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरूमा आँशिक बदलीको अवस्था छ।
शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
क्याटेगोरी : Lifestyle






















प्रतिक्रिया दिनुहोस