देशभर मनसुनी वायुको प्रभाव, शनिबार यी स्थानमा भारी बर्षा हुने
२०७९ असार १८ गते (शनिबार) हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
शनिबार दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।
शनिबार राती : देशका पहाडी भू-भागमा आंशिक देखिसामान्य बदली र अन्य भू-भागमा आंशिक बदली देखि मौसम समान्यता सफा रहनेछ ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम र अन्य भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
क्याटेगोरी : Lifestyle






















प्रतिक्रिया दिनुहोस