सुनको मूल्य ह्वात्तै घट्याे
विश्व बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजार मूल्य खस्किएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यो साताको चौथो दिन बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
उनका अनुसार अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिसँगै लगानीकर्ताहरु डलरतर्फ आकर्षित भई सुन बिक्रीको चाप पर्न थालेपछि मूल्यमा कमी आएको हो ।
मंगलबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १४ सय रुपैयाँले घटेर ९४ हजार ६ रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको प्रवक्ता साहले बताए । यस्तै, चाँदीको मूल्य पनि बुधबार १० रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
क्याटेगोरी : News, CommodityMarket






















प्रतिक्रिया दिनुहोस