• Punjibad
  • वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बढे


    काठमाडौं, २७ असार

    बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।

    चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सो अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस