• Punjibad
  • साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै नेपाल इको प्यानल


    काठमाडौं।

    वातावरणमैत्री निर्माण सामाग्रीमा जोड दिँदै आएको नेपाल इको प्यानलले साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै आएको छ । यसअन्तर्गत शनिबार भक्तपुरमा हुने कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२२ मा सहयोग गर्ने भएको छ । च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर इको प्यानलले नेपालले सहयोग गर्ने भएको हो । साइकलिङ च्यालेन्ज शनिबार बिहान भक्तपुरको दरवार स्क्वायरबाट सुरु हुनेछ ।

    नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि बढेको भएर आफूहरूले सहयोग गरेको बताए ।

    प्रतियोगितामा भक्तपुरसहित काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका सहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस