• Punjibad
  • नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको साधारण शेयर प्रत्याभूति गर्ने


    काठमाडौं, ५ साउन

    नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनीको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

    दुई संस्थाले शेयर प्रत्याभूति सम्बन्धी सम्झौता गरेका छन् ।

    सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलविद्युत् कम्पनीका तर्फबाट भूषण गुरागाईंले हस्ताक्षर गरेका थिए । कम्पनीले ५४ लाख ८८ हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याउँदै छ । कोषले १०० रुपैयाँ अंकित दरले ५४ करोड ८८ लाख रुपैयाँको शेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा उल्लेख छ ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस