सुनको मूल्य बढ्याे
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनकाे मूल्य आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस