सुनको मूल्य घट्याे
सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस