• Punjibad
  • सोमवार यी स्थानमा भारी वर्षा हुने


    २०७९ श्रावण १६ गते (सोमबार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    सोमबार राती देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस