• Punjibad
  • मंगलवारकाे तपाइकाे राशिफल कस्ताे रहला? हेर्नुहाेस्


    २०७९ साउन २४ गते, मंगलवार, ९ अगस्ट २०२२। श्रावण शुक्लपक्ष द्वादशी तिथि, १४ः३९ बजेदेखि त्रयाेदशी। मूल नक्षत्र, १०ः०८ बजेदेखि पूर्वाषाढा। चन्द्रराशि– धनु।
    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ। तापनि लेनदेन र हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ। मिहिनेत गर्दा पछि फाइदा हुने काम सम्पादन हुनेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साेख तथा मनाेरञ्जनमा भने खर्च गरिनेछ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य भेटिनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    चिताएका काम योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    केही चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। सामान्य आम्दानी हुनेछ तर खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। आशा देखाउनेहरूको भरपर्दा व्यर्थैमा धोका पाइएला।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। रमाइलाे भेटघाट भए पनि आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुपर्ला। स्वास्थ्यमा पनि माैसमी समस्याले सताउन सक्छ। मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। आतिथ्य, प्रतिष्ठा एवं लोकाचारले भने फजुल खर्च बढाउन सक्छ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम सम्पादन हुनेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार हुनेछ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    आँटले काम बन्नेछ र श्रमको उचित मूल्य प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुटाउने समय छ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ। तारिफयाेग्य कामले मानसम्मान दिलाउनेछ। र, कामकाे यश लिने अवसर प्राप्त हुनेछ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस