२ अर्ब पचास करोड बराबरको ऋणपत्र जारी गर्दै नेपाल बैंक
नेपाल बैंक लिमिटेडको १ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब पचास करोड रकम बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘१०.५०% नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्न लागेका हो ।
जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त ऋणपत्रको अवधि ५ वर्ष र ब्याजदर १०.५०% प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृति पश्चात निस्कासन गरीने बैंकले जनाएको छ ।
क्याटेगोरी : News, Banking/finance






















प्रतिक्रिया दिनुहोस