• Punjibad
  • सुनको मूल्य घट्याे


    सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै ९५ हजार २ सय रुपैयाँमा झरेको हो ।
    दसैंपछि एकैपटक आइतबार खुलेको बजारमा ३ हजार रुपैयाँले बढेर सुनको मूल्य ९६ हजार रुपैयाँमा पुगेको थियो ।

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।


    क्याटेगोरी : News, CommodityMarket

    प्रतिक्रिया दिनुहोस