मंगलवारकाे माैसमः यी स्थानमा पानी पर्ने
२०७९ असोज २५ गते (मंगलवार) हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
मंगलवार दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलवार राती: प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस