सुन र चाँदीको मूल्य घट्याे
नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। तिहार बिदा पछिकाे पहिलाे काराेबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३हजार रुपैयाँ कायम भएको छ।
अघिल्लाे साता प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार ताेलामा रू १ हजारले घटेर ९३ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि घटेकाे छ। अघिल्लाे आइतबार प्रतितोला १ हजार २१५ रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य याे आइतबार १ हजार २१५ रुपैयाँमा किनबेच भइरहेको छ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस