• Punjibad
  • सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट


    काठमाडौं, १७ कात्तिक

    साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। केही दिनदेखि बढिरहेकाे सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हाे । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ। 

    यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। 
    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार दुई सय १५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा किनबेच भएको थियो ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस