• Punjibad
  • कस्तो छ आजको मौसम ?


    काठमाडौं, ६ मंसिर 
    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

    दिउँसो प्रदेश १ लगायत गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

    राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

    बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस