• Punjibad
  • मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन


    काठमाडौं, २२ मंसिर
    मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ । 

    दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

    राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

    शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस