• Punjibad
  • प्रभु लाइफको विशेष साधारणसभा 


    काठमाडौं, २३ असार

    प्रभु लाइफ इन्सुरेन्सको विशेष साधारण सभा असार २३ गते बस्दै छ । कम्पनीको विशेष साधारण सभा काठमाडौंमा दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ । बीमा कम्पनीहरुमा पूँजी वृद्धि भइरहँदा प्रभु लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ । 

     सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार असार १५ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।


    क्याटेगोरी : Insurance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार