• Punjibad
  • प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा आज


    काठमाडौं, २८ असार

    प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा मंगलबार कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने छ ।

    सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा तत्सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्नलगायतका मर्जर तथा प्राप्तिसम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

    कम्पनीले सभामा सहभागिको प्रयोजनका लागि २० असारमा एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले १९ असारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन् ।
     


    क्याटेगोरी : Insurance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार