• Punjibad
  • आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ रघुवंशी


    काठमाडौं, २८ असार

    आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् ।

    सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रूपमा नियुक्त गरेका हुन् । नेपालको आइटी क्षेत्रमा स्थापित उनको नेतृत्वले २० वर्षअघि सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले तीन सय ५० भन्दा बढीलाई रोजगारी दिइरहेको छ ।

    माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यो कम्पनीले महत्वपूर्ण योगदान दिएको छ । सन् २००१ मा स्थापना भएको आइएमई जनरल इन्स्योरेन्स कम्पनी उत्कृष्ट विमा कम्पनीको रुपमा परिचित छ । 

    दुई अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समूहरूको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिकाप्रसाद पौडेल, राजेन्द्रसिंह भण्डारी, सीताराम थापा र कृष्णप्रसाद शर्मा छन् ।


    क्याटेगोरी : Insurance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार