• Punjibad
  • लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा


    काठमाडौं, १२ असार

    लुम्बिनी जनरल इन्स्योरेन्सले २९ असारमा साधारणसभा बोलाएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दै छ ।

    सभा प्रयोजनका लागि लुम्बिनी जनरलले १५ असार बुधबार बुक क्लोज गर्ने भएको छ । जसअनुसार १४ असार मंगलबारसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । 

    यस्तै, कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव पनि पेस गर्दै छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ ।

    सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीको अधिकृत पुँजी एक अर्ब २५ करोड रुपैयाँबाट बढाएर तीन अर्ब पुर्‍याउने एजेन्डा पनि छ ।


    क्याटेगोरी : Insurance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार