सूर्या लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम
सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा ‘एजेन्सी रिफ्रेसमेन्ट तथा उत्पे्ररणामूलक कार्यक्रम’ सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट २०० भन्दा बढी अभिकर्ताको उत्साहजनक सहभागिता थियो।
प्रदेश प्रमुख किरण गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीले आफ्ना सफलताका सूत्रहरु अभिकर्ताहरुमाझ साटेका थिए।
क्याटेगोरी : Insurance
प्रतिक्रिया दिनुहोस