सानिमा लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन एवम् लाभांश लिन पाउनेछन् ।
कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार २० गते साधारण सभा बोलाएको छ ।
क्याटेगोरी : Insurance
प्रतिक्रिया दिनुहोस